सुन तोलाको दुई लाख ८७ हजार १००


काठमाडौँ । सोमबारको तुलनामा नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ६०० ले घटेको छ भने चाँदी १४० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० र चाँदीको मोल चार हजार ५९० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, गत आइतबार एक तोला सुन रु दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६९० मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।