इराकलाई पराजित गर्दै फ्रान्स विश्वकपको नकआउट चरणमा


काठमाडौं । फिफा विश्वकपमा समूह ’आई’ को खेलमा फ्रान्सले इराकलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ । फिलाडेल्फिया स्टेडियममा मंगलबार बिहान भएको खेलमा जित हात पार्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने निश्चित भएको हो ।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोल थपे । आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेका एम्बाप्पेले खेलको १४औं मिनेटमा माइकल ओलिसेको पासमा एक सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्यो । ख्लको ५४औं मिनेटमा डेम्बेलेको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसको केही मिनेटपछि नै ६६औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–० को स्थितिमा पुर्याए । यसअघि आफ्नो पहिलो खेलमा सेनेगललाई पराजित गरेको फ्रान्स ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।