विश्वकप फुटबलमा मोरक्कोको पहिलो जित


काठमाडौं । विश्वकप फुटबलमा मोरक्कोले पहिलो जित दर्ता गरेको छ । समूह ’सी’को दोस्रो चरणमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै जित दर्ता गरेको हो ।

बोस्टन स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ब्राहिम डियाजको पासमा इस्माइल सैबारीले गरेको गोलनै मोरोक्कोलाई जित दिलाउन पर्याप्त बन्यो जितसँगै मोरोक्को दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।