काभा भलिबलमा नेपाल इरानसँग पराजित


काठमाडौँ । राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाल 
सेमिफाइनलबाटै बाहिरिएको हो । जितसँगै इरान भने प्रतियोगिताको फाइनलमा पुगेको छ ।

नेपाल इरानसँग २०–२५, १५–२५ र २५–११ ले पराजित भएको हो । अब इरानले फाइनमा कजकस्तानसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनल खेलमा  कजाखस्तानले भारतलाई ३–० कै सोझो सेटमा हराएर फाइनल पुगेको हो । फाइन खेल भोलि हुनेछ ।