बितिसकेको मायाको सम्झनालाई लिएर आए सविन


काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको गीतको प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् । गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ ।

बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ । पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् ।

‘कल्पना’को भिडियोका निर्देशक तथा कलाकारसमेत रहेका सम्राट अधिकारीले सबिनको कल्पनालाई आफूले भिडियोमार्फत पर्दामा उतार्ने प्रयास गरेको बताए । सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको गीतमा अभिनय गरेका छन् । भिडियो उत्सव दाहालले खिचेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो नुजा पिक्चर्सको प्रस्तुती हो ।