बालेनको यूट्यूब च्यानलमा ‘काँधमाथि ज्ञानेन्द्र राजालाई‘….


काठमाडौँ । सन् २०२६ को फेब्रुअरी १९ मा काठमाडौँ महानगरपालिकाका मेयर(हाल प्रधानमन्त्री) बालेन साहको आधिकारिक यूट्यूब च्यानलको रिलिज ट्याब शिरमाथि नेपाली आमा शीर्षकको गीत देखिएको छ । गीतमा ‘शिरमाथि नेपाल आमालाई, काँधमाथि ज्ञानेन्द्र राजालाई‘ भन्ने शब्द राखिएको छ ।

यो गीतलाई अहिलेसम्म ३ हजार ७७१ पटक हेरिएको छ । प्रधानमन्त्री बालेन साहलाई राजसंस्था ल्याउन लागेको भन्ने आरोप पनि लाग्दै आएको छ । यदि साँच्चिकै यो गीत प्रधानमन्त्रीले नै राखेको भए त्यसलाई यसले झन् बल पुर्याएको छ । यदि बालेन साहले नराखेको भए यो गीत उनको आधिकारिक च्यानलमा कसरी देखियो त ?