मधेसमा एमालेका मोहम्मद समिर विना विभागीय मन्त्री नियुक्त, जसपाका तीन मन्त्री बर्खास्त


जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । बिहीबार राति नेकपा एमालेबाट मोहमद समिरले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।मधेस सरकारमा नयाँ सत्ता समीकरण बनेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र नेकपा गठबन्धनको सरकार बनेको छ। वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सरकारलाई जसपा र नेकपाले पनि समर्थन गरेका थिए ।

वैशाख २३ गते जनमत पार्टी सरकारबाट समर्थन फिर्ता लिएका थियो । मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो १ बजे मधेस प्रदेश सभामा विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री यादवले जसपाका तीन मुख्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

शिक्षा तथा संस्कृति मन्त्री, श्रम तथा यातायात मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीलाई बर्खास्त गरेका छन् । यसअघि जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका थिए ।