प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिनुहुन्छः रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री बालेन साह छिटै सदनमा आउने र यसको जानकारी छिटै हुने बताएका हुन् ।

उनले प्रधानमन्त्री सदनमा नआउँदा आफूलाई कुनै दबाब नभएको बताए । उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूलाई हुने गरेको उल्लेख गरे ।