सदनबाट भाग्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा नै उचित हुन्छः अध्यक्ष साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहलाई पद त्याग गरी मार्ग प्रशस्त गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनप्रतिनिधिका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु नै उचित हुने बताएका हुन् ।

उनले प्रधानमन्त्री सदनबाट भागिरहेकाले उहाँ संसदको सदस्य हो कि होइन भन्ने प्रश्न गरे । उनले आफूहरुले केही दिनदेखि सीमा समस्या, सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न सोध्न खोजेको तर प्रधानमन्त्री भागिरहेको बताए ।