काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम अनुमोदन भएको छ । मंगलबारको संसदीय सुनवाइ समितिको बैठकले शर्माको नाम अनुमोदन गरेको हो ।
समितिले आज नै उनको सुनुवाइ गरेको हो । बिहान उजुरीकर्तासँग छलफल गरेको समितिले दिउँसो सुनुवाइ सकिएपछि प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । समितिमा विपक्षी दलले भने उजुरी अध्ययन गरी अर्को दिन सुनुवाइ गर्न माग गरेका थिए ।
उनीहरुले हतारमा निर्णय नगर्न आग्रह गरेका थिए । तर त्यसमा सत्तारुढ रास्वपा सहमत नभएपछि एकैदिन सुनुवाइ सम्पन्न गरिएको हो ।

प्रतिक्रिया