पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमाले सचिवालय बैठकको निर्णय


काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण रोकेका थिए ।

निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोरेपछि एमालेले भण्डारीको सदस्यता नवीकरणको निर्णय गरेको हो । निर्वाचनमा वामन्थी शक्तिको हार बेहोरेपछि भण्डारीको अगुवाइमा वाम एकताका लागि वार्ता भइरहेका खबरसमेत आइरहेका छन् ।