नेपाली कांग्रेसद्वारा १२ वटा उपसमिति गठन


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक विभिन्न नीतिगत तथा अभियानमुखी कार्यलाई प्रभावकारी बनाउन १२ वटा उपसमिति गठन गरेको छ ।

प्रतिष्ठानको बैठकले उपसमिति गठन गर्दै संयोजक पनि तोकेको छ । बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका प्रस्तुत गर्न निर्देशन दिएको छ । प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरी आगामी बैठकमा प्रस्ताव पेश गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।