डोजर आतंक रोक्न माग गर्दै बुटवलमा सुकुम्बासीहरुको प्रदर्शन(फोटोफिचर)


बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा सरकारले डोजर चलाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले बुटवलमा आइतबार दिउँसो प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामापरिणत परिणत भएको छ ।
प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोबासीको ठूलो संख्यामा उपस्थिति रहेको छ । यसमा रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् ।

प्रदर्शनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा बस्तीमा डोजर आतंक मच्याएपछि देशभरका १२ लाख बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका संघर्ष समितिले जनाएको छ ।