एमाले सचिवालय बैठक सोमबारका लागि सर्यो


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सोमबारका लागि सरेको छ । आज बस्ने तय भएको बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए ।