काठमाडौँ । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । बुधबार ४.१५ अंकले घटेको नेप्से बिहीबार १०.०७ अंकले घटेको हो । आज ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । आज ८० वटा कम्पनीको मूल्य बढ्दा १७४ वटाको घटेको छ ।
आज कुनै पनि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । युनियन हाइड्रोपावरको सेयर सर्वाधिक ९.७९ प्रतिशतले बढ्दा एसियन हाइड्रोपावरको ९.८९ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड मूल्य बराबरको कारोबार भयो ।
लाइफ इन्स्योरेन्स, म्यूचअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन् ।

प्रतिक्रिया