बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुगेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन भ्रमणमा आएका हुन् ।
लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ः५० मा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई चिनियाँ उच्च अधिकारीले भव्य स्वागत गरेका थिए ।
करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो ।
दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको विदेश मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया