संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी नगर्ने राष्ट्रपतिको अडान सही छः अध्यक्ष साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी नगर्ने राष्ट्रपति रामचन्द्र पौडेलको अडान सही भएको बताएका छन् । सामाजिक संजालमार्फत अध्यक्ष साम्पाङले महाभियोग लगाएर केही नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रपतिको अडान सही छ । महाअभियोग ल्याएर केही हुँदैन । विधि र थिति मान्नु पर्छ । सरकार आफैँ वदनाम छ । यस्तो वदनाम सरकारले केही गर्दैन ।’ राष्ट्रपतिले पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएपनि सरकारले सोही अध्यादेश फेरि जारी गर्न राष्ट्रपतिलाई नै पठाएको छ ।