काठमाडौँ । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से ३४.६३ अंकले घटेको हो । आज २४१ कम्पनीको १ करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ । २७ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो । माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् ।
बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटे ।
आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक छन्।

प्रतिक्रिया