काठमाडौँ । महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरको गाडीमा राखी लैजाँदै गरेको ३ सय ४५ कार्टुन स्याउ सशस्त्र प्रहरी बल नेपाल नं.९ महोत्तरी र मातहत युनिटले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गाडी तथा स्याउ आवश्यक कारबाहीको लागि भन्सार बु्झाउने प्रक्रियामा रहेको उनले बताए ।

प्रतिक्रिया