बागमती प्रदेशका सांसदहरुसँग प्रधानमन्त्रीको छलफल


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले बागमती प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बागमतीबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

विकास निर्माण र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा क्रममा बागमती प्रदेशका सांसदले आआफ्नो क्षेत्रका समस्या र विकास योजनाबारे जानकारी गराएका थिए।

उनीहरूले आगामी वर्षको बजेटमा आफ्नो क्षेत्रका योजना राख्न आग्रह गरेका छन् । यसअघि प्रधानमन्त्री साहले कोसी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिमका सांसदसँग छलफल गरिसकेका छन् ।