काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । आगामी बुधबार बिहान ११ बजे समितिको बैठक बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि अनुशासन समितिको बैठक बोलाइएको हो। बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । नेता पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।
खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरी पार्टी महाधिवेशनले वैधानिक व्यवस्था गरेको अवस्थामा बाहेक आमसदस्यहरूको क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन् ।
खड्काले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको उल्लेख गरेका छन् ।
यसअघि पनि खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि पार्टीले सचेत गराएको थियो । तर फेरि उनले सोमबार अर्को विज्ञप्ति निकालेका हुन् ।

प्रतिक्रिया