इरानमाथि अमेरिकाद्वारा समुद्री नाकाबन्दी घोषणा, युद्धविराम थप जोखिममा


रोयटर्स । अमेरिका–इरान वार्ता असफल भएपछि अमेरिकाले सोमबारदेखि इरानका बन्दरगाह र तटीय क्षेत्रमा जाने–आउने सबै समुद्री यातायातमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । यस कदमले हाल कायम युद्धविरामलाई थप जोखिममा पारेको छ ।

अमेरिकी सेनाका अनुसार इस्लामाबादमा शनिबारदेखि आइतबारसम्म चलेको वार्ता एक दशकभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष संवाद थियो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि यो सबैभन्दा उच्चस्तरीय वार्ता मानिएको थियो।

मंगलबारदेखि सुरु भएको युद्धविरामपछि भएको उक्त वार्ताको उद्देश्य छ हप्तादेखि जारी संघर्ष अन्त्य गर्नु थियो । द्वन्द्वमा खाडी क्षेत्रमा सयौँ मानिसको ज्यान गएको, ऊर्जा आपूर्ति प्रभावित भएको र क्षेत्रीय तनाव बढेको बताइएको छ।

अमेरिकी सेनाले इरानबाहेकका बन्दरगाहतर्फ जाने जहाजहरूलाई होर्मुज जलडमरूमध्य हुँदै आवागमनमा अवरोध नगरिने स्पष्ट पारेको छ। साथै, नाकाबन्दी सुरु हुनुअघि व्यावसायिक जहाजहरूलाई औपचारिक सूचना दिइने जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलर अन्तर्राष्ट्रिय जलक्षेत्रमा इरानी सबै जहाजहरूलाई अमेरिकी सेनाले रोक्ने र नियन्त्रण गर्ने बताएका छन् ।