काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ मन्त्रीमा धनी देखिएका छन् । प्रधानमन्त्री कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ ।
होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनको विभिन्न कम्पनीमा २ करोड ७४ लाख ५६ हजार रुपैयाँको शेयर रहेको छ । त्यस्तै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार थान सेयर अर्थात् ७० लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन् ।
त्यस्तै, उनका बाबु दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको छ । त्यसैगरी बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा जनाइएको छ । सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको खुलाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
बैंक ब्यालेन्सतर्फ, लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानीमा बैँकमा १५ सय रुपैयाँ रहेको जनाइएको छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया