रोयटर्स । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेई हालैको हवाई आक्रमणमा गम्भीर घाइते भएको र उपचारकै क्रममा रहेको खुलेको छ ।
उनका नजिकका स्रोतका अनुसार, तेहरानस्थित सर्वोच्च नेताको निवासमा भएको आक्रमणमा खामेनेईको अनुहारमा गम्भीर चोट लागेको छ भने खुट्टामा पनि गम्भीर चोट पुगेको छ। आक्रमणमा उनका पिताको ज्यान गएको थियो ।
५६ वर्षीय खामेनेई शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा भने सक्रिय रहेको स्रोतहरूको भनाइ छ। उनले अडियो कन्फरेन्समार्फत उच्च अधिकारीहरूसँग छलफल गरिरहेका छन् र युद्ध तथा वासिङ्टनसँगको वार्ताजस्ता महत्वपूर्ण निर्णयमा संलग्न रहेको बताइएको छ ।
खामेनिईको स्वास्थ्य अवस्थाले शासन सञ्चालनमा कति प्रभाव पार्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ। इरान अहिले दशकौँयताकै जटिल परिस्थितिबाट गुज्रिरहेको छ ।

प्रतिक्रिया