काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वाधिनता र राष्ट्रभक्तिका मुद्दा आफू सँधै अटल रहेको बताएका छन् । सामाजिक संजालमार्फत अध्यक्ष साम्पाङले आफूहरु जिम्मेवार देशभक्त प्रतिपक्ष भएको बताएका हुन् । उनले उपसभामुख पदमा पार्टीको कुनै स्वार्थ नजोडिएको समेत बताएका छन् ।
उनले भनेका छन्, ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ । उपसभामुख राज्यको पद हो पार्टीको होइन । हाम्रो कुनै स्वार्थ छैन । हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन् । अझै भन्छु एमसीसी खारेज गर्नैपर्छ । शंका नगर्नु नेपाली रगतलाई !’

प्रतिक्रिया