राष्ट्रपतिसमक्ष नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित समारोहमा राष्ट्रपतिसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।