गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री साहले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी रामजी यादवलाई दिएका हुन् ।

नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट निर्वाचित भएका हुन् ।

यसअघि श्रममन्त्री दीपक साह विवादमा परेपछि बिहीबार उनलाई प्रधानमन्त्रीले हटाएका थिए भने उद्योग मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका थिए ।