काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उमेदवार रुवीकुमारी ठाकुरका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बेठकले ठाकुरका पक्षमा मतदान गर्ने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती तामाङ उम्मेदवार रहेका छन्। आज अपराह्न ४ बजे प्रतिनिधि सभामा उपसभामुखको निर्वाचनको कार्यसूची रहेको छ।

प्रतिक्रिया