काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्रको भर्ना अभियान र विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सूचना जारी गरी नयाँ शैक्षिक सत्रको व्यवस्थापन र बिदा सम्बन्धी महत्वपूर्ण निर्णयहरू कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
केन्द्रले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ देखि सुरु हुने र नियमित पठनपाठन भने वैशाख २१ गतेदेखि सञ्चालन हुने गरी व्यवस्था मिलाउन सबै स्थानीय तह र विद्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय बमोजिम सरकारी कार्यालयका साथै सम्पूर्ण शैक्षिक संस्थामा पनि शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । नयाँ बिदा प्रणालीअनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न केन्द्रले निर्देशन दिएको छ ।


प्रतिक्रिया