नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु


अबुजा (नाइजेरिया) । उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको जनाइएको छ ।

नाइजर राज्यको शिरोरो क्षेत्रको इरिना सहरमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । यसै गरी बन्दुकधारीहरूले केब्बी राज्यका धेरै सहरहरूमा गरेको आक्रमणमा अन्य ४० भन्दा बढीको मृत्यु अधिकारीहरुले उल्लेख गरेका छन् ।

पछिल्लो समयमा नाइजेरियाली राज्यहरूले सुरक्षा सङ्कटको सामना गरिरहेका छन्, जहाँ सशस्त्र गिरोहहरूले गाउँहरू लुटेका छन् भने बासिन्दाहरूलाई अपहरण गरेका छन् । यस्ता घटनाहरु दिनदहाडै बढ्रदै जादा डर फैलिएको छ भने उत्तरपश्चिममा सक्रिय उग्रवादी समूहहरूले दक्षिणतिर आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन् ।