उपसभामुखमा राप्रपाकी लामाको उम्मेदवारी


काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ ।उनलाई रास्वपाले समर्थन गर्ने बताइएको छ ।

यसअघि राप्रपाबाट उपसभामुखमा खुस्बु ओलीको चर्चा थियो । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद भएकी हुन् ।