एमाले सांसदको प्रश्नः प्रधानमन्त्रीले समानुपातिक सांसदका कुरा सुन्न मिल्दैन ?


काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदबीच विभेद रहेको बताएकी छिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद हमालले प्रधानमन्त्री बालेन साहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउनु भएका माननीय सदस्यज्यूहरूमा किन विभेद ?’

उनले भनिन्, प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच किन विभेद ? प्रधानमन्त्रीज्यूबाट प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपाति निर्वाचन प्रणालीबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’