प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागितामा राजदूतहरुसँग् सामूहिक संवाद हुन लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।

उनले यस्तो संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने उल्लेख गरेकी छन् । बालेन प्रधानमन्त्री भएपछि राजदूतहरुसँग गर्न लागिएको यो पहिलो भेट हो ।

आज मध्यान्हपछि हुने भेटमा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन बताइएको छ ।