वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताएका छन् ।
‘यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन,’ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँगको अन्तक्रियामा भने । उनले भने, ‘अहिले मध्यस्थकर्ताहरूले युद्धविरामका लागि कुराकानी गरिरहेका छन् ।’
इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको र यसबारे मध्यस्थकर्तालाई जानकारी गराएको छ ।

प्रतिक्रिया