ओली र लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश


काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले तेस्रो पटक थपिएको पाँच दिनको म्याद सकिएपछि हिरासतमा राख्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले आइतबार थपेको पाँच दिने म्याद समाप्त भएसँगै चैत २६ गते उनीहरूलाई हिरासतमुक्त गर्नुपर्ने आदेशमा उल्लेख छ । ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै सर्वोच्चले आवश्यक प्रक्रिया पूरा गरी हिरासतबाट मुक्त गर्न सरकारलाई निर्देशन दिएको हो।