भियना । इन्धन उत्पादक सदस्य राष्ट्रहरूको सङ्गठन ओपेक प्लस पुनः तेल उत्पादन कोटा बढाउन सहमत भएको छ ।
इरानमा चलिरहेको युद्ध र इरानले प्रतिशोधका लागि मध्य पूर्वमा गरेका आक्रमणले त्यहाँका इन्धन प्लान्टमा क्षति पुगेको र विश्व बजारको करिब पाँच भागको करिब एक भाग (२० प्रतिशत) इन्धन आपूर्ति हुने स्ट्रेट अफ हर्मुजबाट आवतजावतमा इरानले लगाएको प्रतिबन्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य आकासिएको छ ।
प्रमुख तेल उत्पादक साउदी अरब र रुस र तेहरानको आक्रमणको मार खेपिरहेका खाडी मुलुकहरू सम्मिलित ओपेक प्लसले मेदेखि प्रति दिन दुई लाख छ हजार ब्यारेल को उत्पादन समायोजन लागू गर्ने निर्णय गरेको छ।
इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि इरानले खाडी मुलुकका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी बारम्बार दिँदै आएको छ भने अमेरिकाले स्ट्रेट अफ हर्मुजलाई सोमबारसम्ममा जहाजहरूको आवागमनका लागि खुला नगरे नयाँ चरणको थप आक्रामक कारबाही थाल्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया