केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएकोमा सुनुवाइ नसिकएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

जेनजी आन्दोलनसँगसम्बन्धित बनेको जाँचबुझ आयोगको सिफारिसअनुसार ओली र लेखकमाथि अनुसन्धान र अभियोजन गर्न भनेर प्रहरीले दुवैलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो ।

आयोगले जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीहरूमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।