काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार सुवेदीलाई राष्ट्रिय सभा दलको नेता चयन गरेको पत्र दिएका हुन् । यसअघि राष्ट्रिय सभामा नेकपाबाट संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए । तर श्रेष्ठको कार्यकाल सकिएको छ ।
त्यसपछि खाली रहेको संसदीय दलको नेतामा प्रचण्डले सुवेदीलााई चयन गरेका हुन् । राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलको हैसियतमा छ ।

प्रतिक्रिया