मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा गएराति खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरि उपचारका लागि काठमाडौ पठाइएको छ । मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । शव भेटिए पनि उनीहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए । पहिरोले पुरिएका भारत बेतीयाका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जिवितै उद्वार गरेको थियो । उनको थप उपचारका लागि काठमाडौं पठाइएको छ । सँगै सुतेका सबैको शव भेटिए पनि पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाले जानकारी दिएका छन् ।।

प्रतिक्रिया