भित्तेपात्रो विमोचन गर्न परराष्ट्रमन्त्री अतिथि !


काठमाडौँ । विगतमा प्रधानमन्त्री, मन्त्रीहरु दैनिक दुई चार वटा औपचारिक कार्यक्रममा सहभागी भएर भाषण गर्ने गरेका थिए । तर नयाँ सरकार बनेपछि प्रचलनमा कमी आएको छ । अर्थात् मुलुकले बालेन साहलाई नयाँ प्रधानमन्त्री पाएपछि उनले अहिलेसम्म एक पटक पनि कुनै औपचारिक कार्यक्रममा सम्बोधन समेत गरेका छैनन् ।

अरु मन्त्रीहरुको पनि त्यस्ता कार्यक्रम कम नै छन् । तर शनिबार परराष्ट्रमन्त्री शिशिर खनाल भने भित्तेपात्रो विमोचन गर्न एउटा कार्यक्रममा पुगेका छन् । शनिबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले टोखा नगरपालिका–९ गोंगबुमा आयोजना गरेको नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खनालले भित्तेपात्रो विमोचन गरेका छन् । परराष्ट्रमन्त्री यस्ता भित्तेपात्रो विमोचन कार्यक्रममा अबदेखि नजाने हो कि ?