कलाकार बले पक्राउ


काठमाडौँ । बलात्कारको आरोप लागेका कलाकार सागर लम्साल(बले)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।

अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले घटना सार्वजनिक गरेपछि सोधपुछका लागि लम्साललाई झिकाइएको प्रहरीले बताएको छ। ती पीडित युवतीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।