सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकलले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो । प्रवक्ता मनिष झाले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले उपसभापति अर्याललाई सभामुख बनाउन गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको जानकारी दिए । र्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।