काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री साहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिएका थिए ।
जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिए । उनले भने,’स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भयो ।’
प्रधानमन्त्री साहले यसअघि कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सांसदसँग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया