काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ । संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार दिउँसो एक बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते दिउँसो २ बजे सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते दिउँसो २ बजे हुँदैछ ।
बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।

प्रतिक्रिया