काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन पालना गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘अरुलाई पुर्ने खाल्डो खन्दा आफैँ पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले । विधिको शासन,कानुनी राज मानव अधिकार अनि बच्चा, बुढापाका र महिलाप्रति नेपाली संस्कारको पनि पालना गर । घण्ट बजाएर मात्र हुँदैन है। जो माथि जे मा छानबिन गर्नुछ गर।तर आग्रह हैन कानुनी तथ्यहरु स्थापित हुनैपर्छ।’

प्रतिक्रिया