इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डरको मृत्यु


तेहरान ।  इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको छ ।

सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य कमान्डर अलिरेजा ताङ्सिरीे गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली हवाई आक्रमणमा ताङ्गसिरीको मृत्यु भएको घोषणा गर्दै उनलाई हर्मुजको अवरुद्ध गर्ने प्रत्यक्ष जिम्मेवार व्यक्तिको रुपमा वर्णन गरेका छन् ।

हाल इरानले प्रमुख जलमार्गमा नाकाबंदी लगाएको छ भने नाकाबन्दीले विश्वव्यापी ऊर्जाको मूल्य बढाएको छ । तटीय सुरक्षाका लागि तैनाथी अवस्थामा सन्यै कमान्डरको मृत्यु भएको जनाइएको छ ।

उनी युद्धमा मारिने मध्य पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ । यस अघि सर्वोच्च नेता अली खामेनी फेब्रुअरी– २८ मा युद्धको पहिलो दिन, र शक्तिशाली सुरक्षा प्रमुख अली लारिजानी यस महिनाको सुरुमा एक दर्जन भन्दा बढी प्रमुख व्यक्तित्वहरूसहित मारिएको बताइएको छ ।

ताङ्सिरीले मार्चको सुरुमा हर्मुज बन्द गर्ने रणनीति कायम राख्दै आक्रमणकारी शत्रुलाई कडा प्रहार गर्ने प्रतिवद्धता गरेको जनाइएको छ । उनलाई खमेनीले सन् २०१८ मा सेना नेतृत्व गर्न नियुक्त गरेका थिए जसको कार्य इरानलाई आन्तरिक वा बाह्य खतराहरूबाट जोगाउनु हो ।

इजरायल र संयुक्त राज्य अमेरिकाले शीर्ष अधिकारीहरूको हत्या गरेर इरानलाई ठुलो झट्का दिएको बताएका छन् ।