महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतद्वारा अस्वीकार


काठमाडौँ । अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन अस्वीकार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउ गर्न अनुमति माग गर्दै जिल्ला अदालत काठमाडौँमा मिसिल पेस गरेको थियो ।

न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको हो । शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।