काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजे धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा नेता पूर्णबहादुर खड्काले बैठक बोलाएका हुन् ।
बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । त्यस्तै, खड्काले जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन् । यसअघि कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा खड्काले वक्तव्य जारी गरेका थिए ।
यता विशेष महाधिवेशनका निर्वाचित पक्षले भने अनुशासन समितिको बैठक बोलाएको छ । बैठकले कार्यवाहक सभापतिको हैसियतमा खड्काले वक्तव्य जारी गरेकाले कारबाहीको तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया