काठमाडौँ । गृहमन्त्री सुदन गुरूङले अब देशले नयाँ दिशा लिने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि सामाजिक संजालमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’
जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि ओली र लेखकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया