बालेनलाई बधाई दिँदै अमेरिकाले भन्यो-समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन सहकार्य गर्न उत्सुक छौँ


काठमाडौँ । अमेरिकाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेन साहलाई बधाई दिएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी प्रधानमन्त्री बालेनलाई बधाई दिएको हो । उसले आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेकोसमेत जनाएको छ ।

दूतावासले भनेको छ, ‘नेपालका प्रधानमन्त्री बालेन साह र नयाँ सरकारलाई हार्दिक बधाई।अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।’